जेठ १९,काठमाडौँ । विश्व स्वास्थ संगठनले चीनको सिनोभ्याक कोभिड खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको छ । डब्ल्युएचओका अनुसार यस खोप लगाएका ५१ प्रतिशतमा लक्षण देखिएको रोगको रोकथाम भएको छ ।
डब्ल्युएचओबाट स्वीकृति पाउने यो दोस्रो चिनियाँ खोप हो । यसअघि सिनोफार्मले आपतकालिन प्रयोगको अनुमति पाइसकेको छ ।आपतकालिन स्वीकृतिको अर्थ सुरक्षा, प्रभावकारीता र उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड यो खोपसँग मिल्छ भन्ने हो,’ डब्ल्युएचओले भनेको छ ।