बैशाख १९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आज गरिएको परीक्षणमा आफूसहित श्रीमतीमा पनि संक्रमण देखिएको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।
उनले फेसबुकमा लेखेका छन् आज गरिएको परीक्षणबाट हामी श्रीमान्–श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ” ।
