बैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि शंकर पोखरेल नियुक्त छन् । प्रदेश प्रमुख धर्मनाथ प्रसाद साहले संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार उनलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका जनाएका छन् ।
पोखरेलले आजै पदबाट राजीनामा दिए लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका थिए ।
