चैत्र २०, मोरङ । मोरङको उर्लाबारी ७ मा एक १२ वर्षिया बालिका बलात्कृत भएकी छिन । तेह्रथुम जिल्ला मेन्छायम गाउपालिका घर भई हाल सुन्दरहरैचा नगरपालिका वडा नम्वर ५ बासवारीमा वस्ने २५ वर्षका गोविन्द हिङमाङले उनिमाथी बलात्कार गरेको आरोप लागेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार बालिका उर्लाबारीको एक घरमा चैत १६ गते रातको १० वजेको समयमा बलात्कार भएको हो । उनका अनुसार फेसबुकबाट चिनजान भएर साथी बनेका उनिहरु उर्लाबारी ७ स्थित खरी माया श्रेष्ठको घरमा भेट भएको र सोही समयमा बालिका माथी बलात्कार भएको हो ।
बालिका बलात्कार गर्ने हिङमाङलाई पक्राउ गरि जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अवश्यक कानुनी कार्वाही थालिएको प्रहरीले जनाएको छ । बालिका बलात्कारको जाहेरी बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा दिएका हुन ।