• २०८३ जेष्ठ ३१ गते आइतवार

भरुवा बन्दुकसहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १८, सल्यान । सल्यानमा अवैध भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–२ बस्ने ४५ वर्षीय कुलबहादुर सारु र सोही ठाउँ कुण्डिक बस्ने २५ वर्षीय कमल घर्ती छन् ।

उनीहरुको साथबाट दुईथान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सारुले घरनजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाइराखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाइराखेको पाइएको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस