• २०८३ जेष्ठ २२ गते शुक्रवार

विप्लव समुहमाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काठमाडौं। सरकारले नेत्रविक्रम चन्द विप्लव समुहको नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने गर्ने तयारीमा रहेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार पत्रकार सम्मेलन गर्दै विप्लवमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारीमा रहेको बताउनु भयो ।

सरकारले मंगलबार विप्लव समुहसँग वार्ताका लागि समितिसमेत गठन गरेको छ । समितिमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहनुभएको छ । सरकारले २ बर्ष अघि विप्लव समुहले हिंसात्मक गतिविधी गरेको भन्दै प्रतिबन्ध गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस