• २०८३ मङ्सिर ५ गते शुक्रवार

पूर्वप्रधानमन्त्री डा. भट्टराई आज स्वदेश फर्किँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई आज नेपाल फर्किर्दै हुनुहुन्छ । ट्युमर देखिएपछि स्वास्थ्य परीक्षणका लागि दिल्ली पुग्नुभएकोउहाँको दिल्ली बसाई विवादित समेत बन्यो ।

 

नेपालको राजनीतिक घटनाक्रममा चलखेल गर्न मात्र दिल्ली जानुभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो । उहाँ आज नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किन लाग्नुभएको सचिवालयले जनाएको छ । उहाँ दिउँसो २ बजे दिल्लीबाट काठमाडौं प्रस्थान गर्ने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो । भट्टराई यही फागुन ९ गते नयाँ दिल्ली जानुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस