• २०८३ जेष्ठ २ गते शनिवार

ट्राफिक प्रमुख एसपी बिक आकाशे पुलको प्रयोग गर्ने अभियानमा

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, दाङ । बुटवल उपमहानगरपालिका वडा नं.१० कालिकानगर र योगीकुटी स्थीत सडकमा लुम्बिनी प्रदेश ट्राफिक प्रमुख एसपी डम्मर बिक समेतको प्रशिक्षक दिनुुुु भएको छ । एसपी बिक सहितको टोलीले बुटवल कालिका मानविज्ञान उच्च माध्यमिक बिद्यालय कालिकानगर, मणिमुकुन्द कलेज योगकुटी बुटवलमा अध्ययनरत बिधार्थीहरु र लायन्स क्लव अफ बुटवल संसारका पदाधीकारीहरुको उपस्थितीमा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएको हो ।

आकाशे पुलको प्रयोग गरौं सडक दुर्घटनाबाट बचौं” भन्ने उद्देश्यका साथ आकाशे पुलको प्रयोग गराउन व्यवहारीक अभ्यास गराईएको लुम्बिनी प्रदेश ट्राफिक प्रमुख एसपी बिकले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस