• २०८३ जेष्ठ १ गते शुक्रवार

म्यानमारमा वित्तीय संस्था र इन्टरनेट सेवा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, म्यानमार। म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमलेसमेत काम नगरेको त्यहाँका उपभोक्ताले बताएका छन् । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटीएमलेसमेत काम नगरेको उनीहरुको भनाइ छ ।

इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंकबाहेक पनि अरु दर्जनौँ क्षेत्रमा असर परेको छ । सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्कबिच्छेद गराइदिएका छन् । म्यानमारमा नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस