कात्तिक १५, काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको मूनाफामा गिरावट आएको छ ।
पहिलो तीनमा महिनामा प्रभु बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ ।