• २०८३ बैशाख ६ गते आइतवार

सर्लाहीको हरिपुरका ७२ जना छात्रालाई साइकल वितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, सर्लाहीहरिपुर नगरपालिका–२ स्थित महावीर जनता माध्यमिक विद्यालयका ७२ जना छात्रालाई साइकल वितरण गरिएको छ।

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत बिहीबार साइकल प्रदान गरिएको हो। छोरीलाई शिक्षामा आकर्षित गर्ने उद्देश्यले विद्यालयको कक्षा ८ मा अध्ययनरत सम्पूर्ण ७२ जनालाई एक÷एक थान साइकल वितरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयनारायण चौधरीको अध्यक्षता तथा क्षेत्र नम्बर १ का सांसद प्रमोद साहको प्रमुख आतिथ्यतामा साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अमृतलाल मोक्तानले जानकारी दिए।

Sharing

प्रतिक्रिया दिनुहोस