असार १७, झापा । प्रहरीले लागू औषधसहित झापाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले झापा कमल गाउँपालिका–३ स्थित केर्खा बजारबाट ८८ ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मेचिनगर नगरपालिका–१५ बस्ने २० वर्षीय सुवास मेचे र सोही गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरज लामिछाने रहेका छन् । मे.१ ह ५९९० नम्बरको टेम्पोलाई ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटीएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा टेम्पोमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।