असार १७, बारा। बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान आफ्नै घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा कलैया उपमहानगरपालिका-१४ बस्ने ४५ वर्षीय मदनलाल जैसवालको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि कलैया अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ ।