जेष्ठ १८, काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । लामो समयदेखि कोरोना सक्रंमणबाट विरामी भई मेडसिटी अस्पतालमा उपचाररत रहनु भएका थापाको निधन भएको हो ।
मेडसिटी अस्पतालका सञ्चार अधिकृत मोनिता पोखरेले बताउनुभयो । उहाँले उहाँको ४ः२५ मिनेटमा निधन भएको हो । उपचार गराइरहेकै अवस्थामा उनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । तर त्यसअघि नै भाइरसले शरीरमा दीर्घकालीन असर गरिसकेकाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
थापालाई मेडिसिटीमा इसिएमओ प्रविधिबाट उपचार जारी थियो । उनको उपचारका लागि जनस्तरबाट सहयोग सङ्कलन गरिएको थियो । कोरोना सङ्क्रमित भएपछि सुरुमा ह्याम्स अस्पताल भर्ना भएका थापालाई त्यसपछि ग्रान्डी अस्पताल लगिएको थियो। उनलाई ग्रान्डीबाट मेडिसिटी रिफर गरिएको थियो ।
https://khabar24nepal.com/06/01/2021/73276