• २०८३ बैशाख ५ गते शनिवार

नियन्त्रित लागूऔषध तथा प्रतिबन्धित औषधि सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १८, काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-३ नहर चोकबाट नियन्त्रित लागूऔषध ५० थान डाईलेक्स डिसी, २ सय ट्याब्लेट नाईट्रोसन र २ सय ८८ ट्याब्लेट स्पास्मोप्रोक्सिभन प्लस सहित भारत अररिया बेला बासमतिया बिहार बस्ने २८ वर्षीय मजरुललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलामा बोकी ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी -पूर्व, गैंडाकोट नगरपालिका-२ नारायणी पुलबाट नियन्त्रित लागूऔषध ५९ एम्पुल डाइजेपाम, ६० एम्पुल नुफिन र ६२ एम्पुल फेनारगन सहित चितवन भरतपुर महानगरपालिका-१६ बस्ने ३२ वर्षीय नोलसिंह गुरुङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ग।१ ख ७४९८ नम्बरको ट्रकलाई प्रहरीले जाँच गर्नेक्रममा सिट मुनी लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-२ पोखरा बसपार्कबाट प्रतिबन्धित औषधि १ हजार १० ट्याब्लेट एनार्गन, ६ सय ८० टयाब्लेट ट्रामा र ८१ ट्याब्लेट ट्रफिन सहित तनहुँ देवघाट गाउँपालिका-९ घर भई हाल भरतपुर महानगरपालिका-९ बस्ने २९ वर्षीय अबिषेक थापा लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले संञ्चाल गरेको भगवती मेडिकल हलमा प्रतिबन्धित औषधिको किनबेच भईरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको प्रतिबन्धित औषधि सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस