• २०८३ बैशाख ७ गते सोमवार

महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निस्कासित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निस्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो सहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको हो । आजै यादव पक्षले पार्टी सदस्यबाट निस्कासन गरिएको जानकारी निर्वाचन आयोगमा दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस