• २०८३ बैशाख १५ गते मङ्गलवार

धनगढीद्धारा एफसी चितवन ३–० ले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको पहिलो खेलमा धनगढीले एफसी चितवनलाई ३–०ले पराजित गरेको हो।

दशरथ रंगशालामा भएको यी दुईबीचको खेलमा पहिलो हाफसम्म कुनै गोल हुन नसकेपनि त्यसपछि भने धनगढीले ३ गोल गरेको हो । निसान लिम्बुले खेलको ६२ औँ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६८ औँ मिनेटमा ओलावाले ओलादिप अफिज तथा ७९ औँ मिनेटमा वुद्धबल तामाङले १र१ गोल गरे ।

यो जितसँगै अङ्कतालिकाको शिर्ष स्थानमा उक्लिएको धनगढीले ४ खेलबाट ७ अंक जोडेको छ । धनगढीले ४ खेलमा सात अंक जोडेको छ पराजित चितवन २ अंकका साथ तालिकाको पुच्छारमा छ।

Sharing

प्रतिक्रिया दिनुहोस