• २०८३ बैशाख १७ गते बिहिवार

चार महिनादेखि पार्किङमा राखेको कारभित्र तीन वटा शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, दाङ । तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीन वटा शव फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन शव फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहका अनुसार चार महिनादेखि पार्किङ गरि राखेको कार भित्र तीन वटा शवहरु फेला परेका हुन । उका अनुसार कार विगत चार महिनादेखि त्यो स्थानमा पार्किङ गरेर राखिएको थियो । घटनाको अवस्था नियाल्दा गम्भीर प्रकृतिको देखिएकाले अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डीएसपी सिंहले बताउनुभयो।

शनिबार बेलुका एउटा बस पार्किङका लागि कार छेउँमा जाँदा बसका स्टाफले कारभित्रबाट गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस