वैशाख १८, रोल्पा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा नगरपालिका(९ चोयवाङ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।