बैशाख १८, काभ्रे । कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि काभ्रेका केही स्थानमा आइतबार राति १२ बजेबाट लागू हुने गरी निषेध आदेश जारी गरिएको छ । जिल्लामा दैनिक ६० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले ती स्थानमा निषेध आदेश जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यलय काभ्रेले जारी गरेको आदेशमा अरनिको राजमार्गको सांगादेखि बनेपा– धुलिखेल–पाँचखाल हुँदै दोलालघाट सम्म सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा देखि नाला भगवतीसम्म सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको दायाँ–बायाँ ५ सय मिटर, वीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुदै मंगलटारसम्म सडकको दायाँ–बायाँ २ सय मिटर र पाँचखालको जिरोकिलो देखि कुन्तावेशीसम्म सडकको दाँया–बाँया २ सय मिटर सम्म निषेधाज्ञा जारी गरिएको छ ।
