• २०८३ असार ४ गते बिहिवार

गुल्मीमा कोरोनाका कारण थप दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, गुल्मी । गुल्मीमा कोरोनाभाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुष र बुटवलमा बस्दै आएकी इस्मा गाउँपालिकाकी ७६ वर्षीया महिला रहेका छन् ।

संक्रमित पुरुषको बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, महिलाको भने भैरहवा युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो ।यससहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस