• २०८३ बैशाख १८ गते शुक्रवार

बर्दियामा थप १२ दिन निषेधाज्ञा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १८, बर्दिया । कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि स्थानीय प्रशासनले थप १२ दिन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना नहुँदा एक सातामा करिब तीन सय कोरोना संक्रमित थपिएपछि शुक्रबार बेलुकी प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बसेको सुरक्षा समिति लगायत सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि आंशिक रुपमा वैशाख १३ गते १९ गतेसम्म निषधाज्ञा आदेश जारी गरेको थियो । मानिस खुलेआम भीडभाड हुने ठाउमा घुमफिर गर्ने,बजारका पसल खुला भएको, सार्वजनिक र निजी सवारी साधन निर्वाध सञ्चालनमा आएकोले निषेधाज्ञा खुकुलो भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

निषेधाज्ञा अत्यावश्यक सेवा र विकास निर्माणबाहेक सबै यातायातका सवारी साधन बन्द रहने भएको छ । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधरणमा अपिल गरिएको छ । अनावश्यक रुपमा घर बाहिर बाहिर निस्कनेमाथि कारबाही गरिने जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस