• २०८३ बैशाख २२ गते मङ्गलवार

सरकारलाई हाम्रो समर्थन छैन: माओवादी केन्द्र

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, १९ चैत । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको जनाएको छ । पार्टीको स्थायी समिति बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले यो सरकारलाई राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्ने बताए । ‘यो सरकारलाई हाम्रो सर्मथन छैन,’ श्रेष्ठले भने, ‘हामीले प्राविधिकरुपमा मात्रै चिठी लेखि सकेका छैनौ ।’

सर्वोच्चको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६ ९२० को अनुसार भएको भन्दै उनले सरकारले आफूहरुको सर्मथन नमागेको पनि बताए । श्रेष्ठले भने, ‘सर्वोच्चको फैसलापछि सरकार ७६ ९२० को सरकार भएकाले हामीलाई अहिलेसम्म सर्मथन मागेको पनि छैन । हामीले सर्मथन दिएका पनि छैनौं ।’

Sharing

प्रतिक्रिया दिनुहोस