• २०८३ जेष्ठ १९ गते मङ्गलवार

अवैध लागूऔषध २६ किलो गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, पर्सा । पटेर्वासुगौली गाउँपालिका-२ अखवा टोल बस्ने रामेश्वर पंजियारको घरबाट अवैध लागूऔषध गाँजा २६ किलो ५ सय ग्राम, गाँजा च्याप्ने मेसिन १ थान , ढक ३ थान र तुलो १ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पंजियारको घरमा बोराभित्र लुकाइ छिपाई राखेको अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो ।
फरार पंजियारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस