• २०८३ असार १५ गते सोमवार

नेकपा नेता पन्तको अभिव्यक्तिप्रति महिला आयोगको गंभिर आपत्ती (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १७, काठमाडौँ । राष्ट्रिय महिला आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधवसमूहका नेता रघुजी पन्तको अभिव्यक्तिप्रति कडा रुपमा खण्डन गरेको छ । आयोगका प्रवक्ता श्याम प्रसाद श्रेष्ठद्वारा आज एक विज्ञप्ती जारी गर्दै महिलाको चरित्र तथा आचरणमाथि प्रश्न उठाउने नेता पन्तको अभिव्यक्ति निन्दनीय रहेको भन्दै गंभिर रुपमा आपत्ती जनाएको छ ।

नेता पन्तले राष्ट्रिय सभाका सदस्य कोमल वलीले साडी उचालेर पिडुँला देखाएको भरमा सांसद तथा पार्टीको केन्द्रीय सदस्य पद पाएको भनि आम महिलामाथि नै अपमान हुने अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर स्वदेश तथा विदेशमा समेत नेता पन्तको अभिव्यत्तिमाथि कडा रुपमा आलोचना भइरहेको समयमा आयोगले समेत आपत्ती जनाएको हो । नेता पन्तले लैङ्गिक हिंसा हुने प्रकारको अभिव्यक्तिको भत्सना गर्दै अबका दिनमा कहिँ कतै त्यस प्रकारका गतिविधिहरु रोक्न सम्बन्धीत पक्षसँग अपिल समेत गरेको छ ।

हेर्नुहोस विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस