माघ १९ ,झापा। झापामा आगलागी हुँदा घरभित्र सुतिरहेका एक जनाको जलेर मृत्यु भएको छ । बिहान कचनकबल गाउँपालिका १ घेराबारीस्थित एक घरमा आगलागी हुँदा घरभित्र सुतिरहेका घरधनि अन्दाजी ६० वर्षीय गोबर्धन राजबंशीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट ३ वटा घर पूर्ण रुपमा जलेर नस्ट भएको छ । आगलागीमा परी १ गाई, २ वटा बाछा र ३ वटा बाख्रा जलेर मरेका छन् । आगो प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अहिलेसम्म आगलागीको कारण र क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।