• २०८३ बैशाख २७ गते आइतवार

सर्लाहीमा गाँजासहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १७, सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट करिब पाँच केजी अवैध लागुऔषध गाँजासहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा वटेश्वर नगरपालिका-५  वर्षीय पवन महतो  किशोर रहेका छन्।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले ज ८ प २९५४ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको झोला र सिमेन्टको बोराभित्र लुकाएर ल्याएको गाँजा फेला पारी पक्राउ गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस