पुष १७, काठमाडौँ। देशभर चिसो बढेको छ । आज काठमाडौंको शुक्रबार बिहानको तापक्रम १.२ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार बिहानको तापक्रम ०.८ डिग्री मापन भएको छ। यो तथ्यांक यस वर्षकै कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको अनुसार बिहान पौने ८ बजेसम्ममा यो तापक्रम थोरै घट्न सक्नेछ । तर भोलिदेखि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने भएकाले एकदुई दिन न्यूनतम तापक्रम नघट्ने मौसमविद्को भनाई रहेको छ । मौसमविद्का अनुसार मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने महाशाखाका अधिकारीको ठहर छ। ‘हिउँदे वर्षा अझै भएको छैन।
शुक्रबार रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायुको प्रभावले शनिबार सुदूरपश्चिमको उच्चा हिमाली भेगमा हिमपात र लुम्बिनी प्रदेशमा पानी पर्नै संभावना छ । यस्तै आइतबार पहाडी भेगको थोरै ठाउँमा पानी पर्नेछ ।