• २०८३ जेष्ठ ३ गते आइतवार

टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १५, काठमाडौं । चन्द्रागिरि नगरपालिका(५ गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त, थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार चन्द्रागिरि नगरपालिका(५ गुर्जुधारा, आयल स्टोर अगाडि टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

डिएसपी श्रेष्ठका अनुसार मृत्यु हुनेमा धादिङ गल्छी घर भई थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भई गुर्जुधारा बस्ने २५ वर्षीय सुवास गमाल रहेका छन्। नागढुङ्गाबाट बालुवा बोकेर कलंकीतर्फ आउँदै गरेको बा ४ ख २५७७ नम्बरको टिपरले बुधबार राति साढे ९ बजे बाटो काट्ने क्रममा ठक्कर दिएको हो। मृतकहरू कहाँ गएर आएका थिए भन्ने खुलिसकेको छैन।

प्रहरीले धाडिङ घर हुने अन्दाजी ३७ वर्षीय टिपर चालक रामचन्द्र थापालाई नियन्त्रणमा लिएको छ। मृतकहरूको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ। प्रहरीले पक्राउ परेका चालकमाथि थप अनुसन्धान अघि बढाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस