भदौ १५, पोखरा । जिल्ला अदालत कास्कीको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ वर्ष कैद सजाय भई फरार रहेका ३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-१४ चाउथे बस्ने जिल्ला पर्वत मोदी गाउँपालिका-६ तिलाहार घर भएका ३७ वर्षीय निर्दोष गिरी, पोखरा महानगरपालिका-३३ लामगादीका २४ वर्षीय ऋषिराम गिरी र पोखरा महानगरपालिका(२ हरिचोकका २२ वर्षीय असिम भण्डारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गरी कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।