साउन१६ , वालिङ। । वालिङ नगरपालिका १३ बाँयटारिबाट वडा नम्बर १२ को सिर्सेकोट मैदानतर्फ जाँदै गरेको ग १ ज ७४७१ नम्बरको जीप वालिङ(१२ को लामपाते नजिकै जैरामेमा दुर्घटना हुँदा सहचालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।जीप ग्रामिण सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा गम्भीर घाइते भएका वालिङ(१२ कि ३० वर्षीया तिलकुमारी गुरुङ र ६५ वर्षीया तिलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ ।
दुर्घटनामा परेर सामान्य घाइते भएका ३३ वर्षीया ममता गुरुङ, २८ वर्षीया प्रमिला गुरुङ र ४५ वर्षीया मनमाया गुरुङको ग्रहौं प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।