• २०८२ चैत्र २७ गते शुक्रवार

ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, सप्तरी । ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा कंचनरुप नगरपालिका-२ बस्ने २७ वर्षीय युवराज सेखलाई सोही नगरपालिका-१ बैरबास्थित लक्ष्मी नारायण मावि वैरवाबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त विद्यालयको प्राङगणमा रहेको क्वारेन्टाईन स्थलमा ४-५ जनाको समूह उक्त क्वारेन्टाईनमा रहेका मानिससँग भेटघाट गर्न जबरजस्ती जान खोजेपछि सम्झाउने क्रममा ईलाका प्रहरी कार्यालय कंचनपुरबाट ड्युटीमा खटिएका प्रहरी जवानसँग वादविवाद गरी हातपात गर्दा प्रहरी जवान सामान्य घाइते भएका छन् । घाइते प्रहरी जवानलाई उपचारको लागि स्थानिय धर्मेश्‍वर अस्पताल ठेलिया लगिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस