• २०८३ भाद्र १७ गते बुधवार

भारतमा एकैदिनमा थपिए २२७ नयाँ संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १८, काठमाडौं । एक सातादेखि लकडाउनमा रहेको भारतमा दुई सय २७ नयाँ संक्रमित फेला परेका छन् । यो भारतमा कोरोना संक्रमण देखिपछि एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमितको संख्या हो ।

 

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा संक्रमितको संख्या पनि एक हजार दुई सय ५१ पुगेको छ भने ३२ जनाको ज्यान गइसकेको छ ।

२७ राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन लकडाउन गरेको भारत सरकारले देशमा कोरोना भाइरस अहिले दोस्रो चरणमा रहेको बताएको छ ।

यो चरणमा विदेशबाट आएका मानिसको सम्पर्कमा आउने मानिसलाई यो भाइरसको संक्रमण हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस