माघ १७, धरान । नेपाल प्रहरीले धरान उपमहानगरपालिक वडा नं ६ गैडे आहाल्को जङ्गल्को बाटोमा चेक जांचको क्रममा एक थान बदेल र भरुवा बन्दुक शहित ४ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहानको १ बजेको समयमा प्रहरी चौकी पानवारी धरान सुनसरीबाट गस्तीमा खटिएको टोलीले बिशेष सुराकीको आधारमा गौंडे आहालको जंगलबाट निस्कने बाटोमा चेकजाँच गर्ने क्रममा २ वटा मोटरसाइकल सहित उनिहरुलाई पक्राउ गरेको हो ।

को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटर साईकलमा सवार धरान उमनपा – ६ पानवारी मणि राई र सिद्धार्थ राईले बोकेको भरुवा बन्दुक २ वटा र सिद्धार्थ राईले काखमा बोकेको अन्दाजी १० किलोको जंगली बदेल फेला परेको हो ।
पक्राउ परेका उनिहरुलाई हातहतियार खरखजाना सम्बन्धि कसुर अपराधमा सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धानको कार्य भै रहेको डिएस्पी ढुन्डिराज न्यौपानेले बताउनु भयो ।