मंसिर १५, झापा। जिल्लाको शिवसताक्षी नगरपालिका–६ हवल्दार चौकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे ५ प ५०३२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा २३ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित सोही नगरपालिका–४ बस्ने २६ वर्षीय श्याम मर्डी र सोही ठाउँका ३५ वर्षीय गंगाराम कायस्थलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट उक्त परिणामको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर, मोबाईल २ थान र नगद १ लाख ८४ हजार रुपैयाँ बरामद भएको झापा प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको लागी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।