असोज, १४ मुगु । जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउपािलकाका २ जनामा कोरोना पोजेटिभ देखिएको छ । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ केही दिन देखी मुक्त भएको मुगु जिल्लामा पुन खत्याड गाँउपालिका मा दुई जनामा थप कोरोना पोजेटिभ देखीएको हो ।
खत्याड गाँउपालिकाको स्वास्थ्य शाखाले मिति २०७७ असोज ८ गते संकलन गरिएको १८ जना स्थानिय बासिहरुको पिसिआर संकलन गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा २ जनामा पोजेटिभ देखीएको र १६ जनाको नेगेटिभ रिपोट आएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
जिल्ला बिपद् ब्यवस्थापन समिति मुगुका संयोजक प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरैलाले बताएका छन । कार्यालयका अनुसार कोरोना पोजेटिभ देखीनेमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नम्बर ११ का २६ बर्षका पुरुष रहेका छन । उनी संगै मोटर साईकलमा काठमाडौ बाट आएकी श्रीमतिलाई भने नेगेटीभ रिपोट आएको छ । अर्को कोरोना देखीएका सोही गाँउपालीका वडा नम्बर ७ बस्ने ३६ बर्षका युवा लाई कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए । उनका अनुसार संक्रमित उनि लामो समय देखि गाउमा बस्दै आएको जानकारी दिए ।
अव चाड बाड नजिकै आउन लागेका छन जिल्ला बाहीर रहेका आफन्तहरु घर आउन लागेका छन झनकोरोनाको जोखीम बढ्न सक्ने छ । नियमित रुपमा साबुन पालिने हातमुख धुर्ने,नियमित सरसफाई गर्ने अनिबार्य रुपमा माक्स प्रयोग गर्ने ,भिडभाड गनर्ने,सेनिटाईजर प्रयोग गर्ने ,यदी कानुन बिपरित कार्य गर्नेलाई कारवाई समेत गर्ने प्रजिअ निरैलाको भनाई रहेको छ ।
कोरोना पोजेटिभ देखीएका दुबै जनालाई खत्याड गाँउपालिका रातापानिमा रहेको आईसोलेशनमा राखीएको संक्रमित संग सम्पर्कमा आएकाहरुको संम्पर्क गरि पिसिआर टेस्ट गर्न समेत लगाईएको जिल्ला प्रशासन कार्यालय मुगुले जानकारी गराएको छ ।