बलत्कारका घटना हुनुको मनोबैज्ञानिक कारणहरु यस्ता छन !
पछिल्लो समय हत्या , हिंसा, बलात्कार जस्ता जखन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन । भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ । यस्ता घटनाहरु किन हुन्छन? यसका पछाडीको मनोबैज्ञानिक कारणहरु के के हुन सक्छन हेर्नुहोस …
असामाजिक ब्यक्तित्ब : जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । यस्तो ब्यक्तित्बसगँ सम्बन्धित मानसिक रोग लागेका ब्यक्तिहरुले आफ्नो घरपरिबार र समाजमा जो सुकैलाई पनि दुख दिने , सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या बलत्कार गर्न समेत पछि नपर्ने आदि जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।
यौनको लत : यौनको लत लागेका ब्यक्तिहरु यौन प्रती अति नै आशक्त हुन्छन । कति गर्दा पनि उनिहरुमा यौनको प्यास मेटिदैन । यस्तो यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त पनि नभन्न सक्छन ।
अप्राकृतिक यौन व्यवहार : जसले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ , यस्ता ब्यक्तिले अरुको भावना बुझ्न सक्दैनन र स्बभाबिक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलत्कार गर्ने पनि सम्भाबना हुन्छ ।
नैतिक पतन : नैतिक रुपमा पतन भएका ब्यक्तिले पशु भन्दा तल्लो ब्यबहार गर्न सक्छन । यस्ता नैतिक रुपमा पतन भएका ब्यक्तिबाट आफन्त पनि बलत्कारको सिकार हुन सक्छन ।
यौन कुण्ठा : अबिबाहिक, श्रीमतिबाट यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएको ब्यक्तिले पनि बलत्कार गर्न सक्छ ।
लागू प्रदार्थको सेबन स् यसको सेबनगर्दा ब्यक्तिले बिबेक र चेतना गुमाउन सक्छ र बलत्कार गर्न पुग्छ ।
पोनोग्राफी र साईबर सेक्सको लत : पोनो ग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क , दाजुले बहिनिसगँ शारिरिक सम्बन्ध , आदिजस्ता श्रीषकका अस्लित भिडियो धेरै भेटिन्छन । यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको ब्यक्ती नैतिक रुपमा पतन भै हाडनाता करणी गर्न सक्छ ।
मानसिक रोग : मेनिया जस्तो कडा मानसिक रोग लागेको ब्यक्ति सधै उत्तेजित हुन्छ ।उसको व्यवहार र बिचार
पनि अब्यबहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो नि देखिदैन । उस