ब्याक्ति होईन रचना लाई टेर्छु मैले,
सामाजिक अबस्था लाई बेर्छु मैले।
रुप भन्दा सतह सम्म पुग्ने प्रयाश,
त्यसैले तितो मिठो रचना केर्छु मैले।
समाजमा रहेका कुसँस्कार बदल्न,
समय समयमा त्यसलाई शेर्छु मैले।
साहित्यिक मा पनि छन बिभेद हरु,
बेला बखत उनिसँग रिश फेर्छु मैले।
देश जनताको माँया गर्ने बेग्लै हुँन्छ,
पत्रकारको समेत ब्यबहार हेर्छु मैले।