• २०८२ जेष्ठ ३० गते बिहिवार

सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १४, काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक युवकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।

राजविराज नगरपालिका–४ का ती युवकको उपचारको क्रममा आज बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या थियो । असोज ९ गते प्रतिष्ठानमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस