भदौ १४ मुगु । विहिवार मुगुमा संकलन गरि लगेका स्वावहरुको पिसिआर रिपोट नेगेटिभ आएको छ । जिल्लाका विभिन्न स्थानहरुमा गरिएका स्वाव संकलनमा नेगेटिभ आएको हो ।
विहिवार संकलन गरिएका स्वावहरुमा सदरमुकाम गमगढी बजारका २ सय ६१ जना र त्यस्तै जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिकाका विभिन्न स्वास्थ्य चौकि, प्राथमिक स्वास्थ्य चौकिमा गरिएका १ सय जना गरि जम्मा ३ सय ६१ जनाको पिसिआर रिपोट् नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय मुगुका सुचना अधिकारी पर्शुराम नेपालीले बताउनु भयो । उहाका अनुसार गत सोमवार एक सरकारी कार्यालयका कर्मचारीमा कोरोना पोजेटिभ भेटिएका संक्रमित व्यक्तिको पुन परिक्षण गर्दा रिपोट् नेगेटिभ आएको जानकारी गराउनु भएको छ ।
जिल्ला अस्पताल मुगुले ११ गते अस्पतालमा कार्यरत कर्मचारी , सुरक्षाकर्मि, सन्चारकर्मि, नेपालि सेना र स्थानियबासीेहरुको स्वाव संकलन गरेको थियो । यसका साथै हाल जिल्लामा केही मात्रा सन्त्रास हटेको जानकारी गराइएको छ ।