भदौ १४ मुगु । सोमवार सदरमुकाम गमगढी बजारमा चौथो कोरोना पोजेटिभ भेटिएका जिल्ला अस्पताल मुगुका लेखापालले ५ दिन मै कोरोनालाई जितेका छन । शनिबार राति कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गर्दा उनको रिपोट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार कोरोना जितेका लेखापाल केसिले सदरमुकाम गमगढी बजारमा रहेको प्राथमिक आईसोलेसन केन्द्रमा व्यावस्थापनको लागि ५० हजार नगद रकम प्रदान गर्ने घोषणा गरेका छन् । आफ्नो रिर्पोट पोजेटिभ आएपनि नपत्याएका केसी ल्याव वा अन्य कुनै बदमासी भएको आशंका गदै आएका थिए । कोरोना भएको घोषणा मलाई गरे पनि मेरो स्वास्थ्यमा कुनै समस्या नपरेको लेखापाल केसिले बताउनु भयो । आफु अहिले पुर्णरुपमा ठिक भएको बताएका छन । मलाई बदनाम गर्न चालिएको कुनै षड्यन्त्र हुन सक्छ उनले भने ५ दिन सम्म आफुले न औषधी खाएको छु न कुनैै घरेलु उपाय अपनाएको छु पहिला खान्थे जस्तो गरि अहिले हिजो आज खाना खान्छु त्यही खाएको छु अपानाएको छु । ५ दिन मैले कोरोनाबाट म कसरी सन्चो भएर त आफैलाई थाहा नभएको, यो कसरी भयो भनी उहाँ उल्टै प्रश्न गर्नु भएको छ ।