श्रावण १५ गते अर्थात नेपाली परम्परानुसार विभिन्न चाडवाड मनाउने चलनअनुरूप आज खीर खाने दिन भनिन्छ । दु.खमा जति आत्तिएपनि, सु.खमा जति मात्तिएपनि , एकापसमा छिमेकी या पारिवारीक झै झगडा भएपनि विभिन्न चाडवाडहरुले नेपाली मनहरुमा एकापसमा सद्भाव र भाइचाराको प्रवृति ल्याइदिन्छ र यी प्रत्येक चाड पर्वहरु पनि मेलमिलापको प्रतिककोरुपमा चिनिन्छ ।
त्यस्तै आजको दिन नेपाली संस्कार र पूर्वनुरुप खिर खाने दिनकोरुपमा चिनिन्छ । मनमा जतिसुकै अपबित्रताको सैतानले बाँस गरेपनि या छुद्र वचन बाण प्रहार गर्ने बानी हुनेहरुको लागि पनि यो दिनको मीठो खिरले एकापसमा मेलमिलाप र पबित्रताको पाठ घोक्न मन लागोस , खासगरी नेपालको राजनीतिक बृतमा एक अर्कामा रोपिएका तीखा वचन बाण सबै फिर्ता हुने वातावरण मिलोस, अस्थिर राजनीतिमा रमाउन खोज्ने बाहिरी र भित्री तत्वहरु सबै ठेगान लागून , कोरोना, बाढीपीडितप्रति सरकारलगाएत सम्बन्धित निकाएको ध्यान जाने वातावरण बनोस ,
अन्तमा सबैको सुख समृद्दिको कामना ,श्रावण १५ गते खीर खाने दिनको मन मष्तिष्कमा सकारात्मक सोच जागोस भन्ने शुभकामना !