• २०८३ साउन ३० गते शनिवार

करेन्ट लागेर युवकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १५ ,कैलाली । कैलालीको जानकी गाउँपालिका ८ मा करेन्ट लागेर भगरैयाका ३५ वर्षीय युवक कालुराम डगौरा थारुको मृत्यु भएको छ।
बुधबार लम्कीचुहा नगरपालिका १ स्थित डल्फिन उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेको थारुको मृत्यु भएको हो। थारुको शव परीक्षणको लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस