• २०८३ बैशाख ६ गते आइतवार

धनगढी डुवानमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १५, कैलाली । निरन्तरको झरीले धनगढी डुवान भएको छ। धनगढी उप–महानगरपालिकाको बजार क्षेत्रकै वडामा डुवान भएको हो।

धनगढी उप–महानगरपालिकाको वडा नम्वर ३ स्थित विशालनगर, मिलनचोक लगायतका बस्तीमा दर्जनौ घर डुवानमा परेका छन्। धनगढीमा सरकारी निकायकै संलग्नतामा खोलानालामाथि अतिक्रमण भएपछि डुवानको समस्या बढ्दै गएको हो। धनगढी भएर बग्ने अधिकासं खोलामा निजी संरचना बनाईएको छ। नगर विकास समितिले पनि खोलाकै जग्गा विक्री गरेको छ भने उप–महानगरपालिकाले समेत खोलामा संरचना निर्माणका लागि स्विकृती दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस