• २०८३ मङ्सिर १२ गते शुक्रवार

डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको राष्ट्रपति ट्रम्पको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १७, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेका छन । सीएनएनका अनुसार उनले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको आरोप लगाउँदै डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको बताएका छन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस अघि डब्लूएचओले चीनको समर्थन गरेको भन्दै उ माथिको सहयोग रकम कटौती गर्ने घोषणा गरेका थिए । चीनले भने डब्लूएचओलाई आफूले सहयोग गर्ने बताउँदै आएको छ । अमेरिकामा झण्डै १८ लाख सङ्क्रमित छन् भने त्यहाँ एक लाख ४ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस