बैशाख १८, रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा केही दिन अँघी निर्माण भएको कोरोना विशेष अस्पताको उद्घाटन गरिएको छ । नगरपालिकाले १० दिनमै निर्माण गरेको आधुनिक आइसोलेसन कक्षको जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माल उद्घाटन गरेका हुन ।

आठविसकोट नगरपालिकाको नगर अस्पताल नजिकै निर्माण गरिएको आइसोलेसन कक्षको उद्घाटन समारोहमा बोल्दै शर्माले आठविसकोट नगरपालिकाले १० दिनमै ८ कोठाको शुविधा युक्त कोरोना विशेष अस्पताल आइसोलेसन निर्माण गरेको भन्दै प्रशंसा गरे । उनले विपत्तीको सामना गर्न नगरपालिकाले एउटा गतिलो हतियार तयारी पारेको भन्दै सबैले नगरपालिकाले देशकै उदाहरणीय काम गरेको दाबी गरे ।
शर्माले जनताको सक्रियातामा नगरपालिकाले १० दिनमै शुविधा युक्त आइसोलेसन कक्ष निर्माण गर्न सम्भव भएको भन्दै जनता र सरकार एक्यबद्ध भएर मात्रै महामारी र विपत्तीको सामना गर्न सकिने बताए । कोरोना भाइरसको महामारीले एउटा नयाँ पाठ सिकाएको भन्दै उनले विपत्ती सँग लड्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिए ।उनले श्रम सहकारी मार्फत जिल्लाका आठविसकोट, चौरजहारी र मुसिकोट नगरपालिकाले कोरोना भाइरस विरुद्ध लड्न आइशोलेसन निर्माण गरेको बताए ।
यसैविच कार्यक्रममा टेलिफोनबाट शुभकामना मन्तव्य दिदै पूर्व गृहमन्त्री तथा प्रतिनिधी सभा सदस्य जनार्दन शर्मा (प्रभाकर)ले जिल्लाका स्थानिय तहले कोरोनाको महामारी विरुद्ध लड्न गरेको प्रयासहरुको प्रशंसा गर्दै विपत्ती सँग जुध्न रुकुमबाट एउटा अभियान शुरु भएको बताए । साथै प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री, प्रभाकरले जिल्लाका कुनै पनि स्थानिय तहमा स्वास्थ्य सामग्रीहरुको अभाव हुन नदिने भन्दै स्वास्थ्यको क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएर अघी बढ्ने प्रतिबद्धता जनाएका छन ।
उद्धाटन भए सँगै कोरोना विशेष अस्पताल आइसोलेसन कक्षबाट सेवा सूचारु भएको छ । शुरुमा १२ बेडको आइसोलेसन बनाउने भनिएपनि अहिले आइसोलेसनमा थप तिन बेड सहित १५ वेड राखिएको नगर प्रमुख गोर्ख बहादुर केसीले जानकारी दिए ।
नगर प्रमुख केसीका अनुसार आइशोलेसन कक्षमा विरामीका लागी ६ वटा शुविधा सम्पन्न कोठा, स्वास्थ्य कर्मीको छुट्टै वार्ड, तथा जनरल वार्ड र आइसियु वेड पनि राखिएको छ । साथै प्रत्येक कोठामा अक्सीजन र तातोपानीको व्यवस्था भएको र अव कोरोना तथा कुनै पनि सरुवा रोगका विरामीहरुलाई सजिलै उपचार सेवा प्रदान गर्न सकिने नगर प्रमुख केसीले दाबी गरे ।
कार्यक्रममा कोरोना विशेष अस्पताल आइशोलेसन कक्ष निर्माण कार्यमा हरेक क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई आठविसकोट नगरपालिकाले सम्मान तथा प्रंशसा पत्र प्रदान समेत गरेको छ ।