• २०८३ जेष्ठ २१ गते बिहिवार

कोरोना भाइरसका कीटाणु हटाउन तारकेश्वरमा ‘क्लोरिन स्प्रे’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौँ । तार्केश्वर नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन नगर क्षेत्रका सबै वडाका मानिस बढी चहलपहल हुने स्थानमा क्लोरिन स्प्रे शुरु गरेको छ ।

क्लोरिन स्प्रे गरेपछि २४ घण्टासम्म कीटाणुबाट बच्न सकिने भएकाले त्रासबाट नागरिकलाई बचाउन सकिने चिकित्सकको सल्लाहअनुसार नगरापालिकाका वडा नं सबै क्षेत्रमा छर्कीने उपमेयर भबानी डोटेलले जानकारी दिनुभयो । नगरपालिकाका वडा नं ३, ४, ५, ८, ९, १० र ११ मा पनि क्लोरिन छर्कि सकिएको छ भने अन्य वडामा छर्कने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।

तारकेश्वर नगरपालिकामा विदेशबाट आएका मानिस हालसम्म ४२ जना रहेकामा सबैलाई स्वास्थ्य जाचँगरि घर मै सुरक्षित तरिकाले क्वारेन्टाइनमा बस्न नगरपालिकाले अभियान चलाइएको नगरपालिकाका मेयर रामेश्वर बोहोराले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस