• २०८३ जेष्ठ २१ गते बिहिवार

काठमाडौं चाबहिलबाट गैंडाको खाग सहित दुई जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं । काठमाडौं महानगरपालिका-७ चाबहिलबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं खड्गभद्रकाली घर भई काठमाडौं महानगरपालिका-८ चाबहिल बस्ने ४६ वर्षीय लब खत्री र बाजुरा बुढीगंगा नगरपालिका-६ घर भई कपन एकताबस्ती बस्ने २२ वर्षीय दिनेश थापा रहेका छन् ।

दुर्लभ बन्यजन्तु गैंडाको खाग अबैध रुपमा ओसारपसार गरी ल्याई २५ लाख रुपैयाँमा कारोबार गर्न लागेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुको डेरा कोठा तलासी गर्ने क्रममा उक्त गैडाको खाग फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस