माघ १६, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा राजीव ढुंगानारहने गरि तदर्थ समितिको गठन गरेका छन् ।
नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति अध्यक्षमा राजीव ढुंगाना, महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ ।