• २०८३ असार १८ गते बिहिवार

उपत्यकामा कोरोनाको मास परीक्षणको तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौँ । सरकारले काठमाडौं उपत्यकाका हट स्पटहरुलाई लक्षित गरी कोरोनाको मास परीक्षण सुरु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्थानीय पालिकाको समन्वयमा भोलीबाट परीक्षण सुरु हुने भएको हो ।

काठमाडौँका मुख्य हटस्पट मानिएका क्षेत्रमा परीक्षण गरिनेछ । जसमा अहिले कोरोना संक्रमण धेरै देखिएका स्थानहरु कलंकी, बुढानिलकण्ठ,सोह्रखुटेलगायतका स्थान छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस